मुख्यमन्त्रीद्वारा प्रदेश प्रमुख खापुङलाई विपद्का घटनाबारे जानकारी

 काठमाडौँ, १३ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका विभित्र स्थानमा गएको बाढी पहिरो र डुबानका विषयमा कोशी प्रदेशका प्रमुख परशुराम खापुङलाई  जानकारी गराउनुभएको छ । 

विपद्सम्बन्धी घटनाहरु र विपद् व्यवस्थापनका सम्बन्धमा कोशी प्रदेश सरकारले गरेका पहलका सन्दर्भमा तथा कोशी प्रदेश सरकारबाट सम्पादन भएका काम कारबाहीका सम्बन्धमा आज कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराउनुभएको हो । 

मुख्यमन्त्री कार्कीले शनिबार कोशी ब्यारेज तथा बराह क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको थियो । सोही क्रममा कोशी प्रदेशमा राहत, पुनःस्थापना र उद्धारका लागि तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनुभएको थियो । सो अवसरमा मुख्यमन्त्री कार्कीले उद्धार, राहत र पुनः स्थापना गष्र्न प्रदेश सरकार सङ्घीय सरकार र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढिरहेको प्रदेश प्रमुख खापुङलाई जानकारी गराउनुभयो ।

बाढी, पहिरो र डुबानका कारण प्रदेशमा ज्यान गुमाएका नागरिकका परिवारलाई तत्काल राहत उपलब्ध गराउन कोशी प्रदेशको मन्त्रिपरिषद्को अहिले बैठक चलिरहेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।