फिल्म ‘एक्टरः टेक वन’ को टिजर युट्युबमा दोस्रो ट्रेन्डिङ

 फिल्म ‘एक्टरः टेक वन’ को टिजर युट्युबमा ट्रेन्डिङमा परेको छ । शुक्रबार मात्रै सार्वजनिक भएको फिल्मको टिजर फिल्मको विधातर्फ दोस्रो स्थानको ट्रेन्डिङमा परेको छ । शुक्रबार सार्वजनिक टिजर युट्युब ट्रेन्डिङमा फिल्म विधातर्फ दोस्रो स्थानमा आएको हो।

फिल्मको टिजरलाई आइतबार साँझसम्म आठ लाख सात हजारभन्दा बढी पटक हेरिएको छ । निर्देशक राजन भुसालको निर्देशनमा रहेको फिल्म आगामी कार्तिक १५ गते रिलिज हुनेछ । फिल्मलाई थम्मन कुमार भण्डारी निर्माण गर्ने छन् भने आकाश बराल र राजन भुसालले संयुक्त लेखन रहेको छ ।

फिल्ममा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइरालाको मुख्य भूमिका रहेको छ । टिजर एक मिनेट २० सेकेण्डको रहेको छ । दिव्य देव, सुशील सिटौला, उषा रजक, सिर्जना अधिकारी, अनोज पाण्डे, बादल भट्ट, प्रदीप कुमार चौधरी र देवेन्द्र नेपालको पनि अभिनय छ।