सप्तकोशी ब्यारेजबाट आवत–जावतमा लगाइएको प्रतिबन्ध हटाइयाे

पानीको बहाव उच्च हुँदै गएपछि शनिबार साँझदेखि सप्तकोशी ब्यारेजबाट आवत–जावतमा लगाइएको प्रतिबन्ध आइतबार साँझदेखि हटाइएको छ । 

ब्यारेजका ५६ ओटै ढोका खोलिएको भएपनि पानीको बहाव ६ लाख क्यूसेकभन्दा बढी भएपछि ब्यारेजबाट आवत–जावत  गर्न शनिबार बेलुका ४ बजेदेखि अनिश्चित कालका लागि बन्द गरिएको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पानीको बहाव कम भएको र ब्यारेजमा थुप्रिएको फोहोर सफा गरिसकेको कारण आइतबार साँझदेखि आवतजावत खुल्ला गरिएको बताए । 

साँझ गरिएको पानीको मापन अनुसार सप्तकोशीमा अहिले ३ लाख ५० हजार क्युसेक पानीको बाहब रहेको छ । आइतबार बिहान पानीको बहाव ६ लाख ६१ हजार क्युसेक पुगेको थियो । त्यसपछि निरन्तर पानीको बहाव घटिरहेको छ ।

यसैबिच अविरल वर्षाका कारण सप्तकोशी नदीको चिलैया टापुमा शनिबार बिहानदेखि फसेकाहरु सकुशल रहेका छन् । वराहक्षेत्र २ बालचनखोरिया, ठाकुरबारी र राजाबासको नदीक्षेत्रमा गोठ राखेर बसेका पशुपालक कृषकहरु शनिबार कोशीमा पानी बढेसँगै त्यही अड्किएका थिए । उनीहरुको अवस्थाबारे नेपाली सेनाको टोलीले आज बिहानै बोटबाट त्यहाँ पुगेर बुझेको थियो । उनीहरु शनिबार भने उनीहरुको उद्धार हुन सकेको थिएन ।

s