पहिरोमा अलपत्र यात्रुलाई सशस्त्र प्रहरी बल, नेपाललेका २ वटा बसले काठमाडौँ ल्याउने

धादिङ र काठमाडौँको सीमानामा पर्ने झ्याप्लेखोलामा गएको पहिरोमा अलपत्र यात्रुलाई सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ ल्याउने भएको छ।  सहायक प्रहरी निरीक्षकको कमाण्डमा खटिएको १३ जनाको टोलीले झ्याप्लेखोलाबाट अलपत्र यात्रुलाई काठमाडौँ ल्याउन लागेको हो। 

४० सिट क्षमताको २ वटा बसले अलपत्र भएका यात्रुलाई काठमाडौँसम्म ल्याउने तयारी रहेको सशस्त्र प्रहरी कार्यालयले जनाएको छ।  झ्याप्लेखोलाको पहिरोका कारण हजारौँ यात्रु बाटोमै अलपत्र परेका छन्। नागढुंगा मुनिको सडकमा गाडीका लस्कर लागेको छ।