२५ स्थानमा तोडियो वर्षाको रेकर्ड (सूचीसहित)

 असोज १० (बिहीबार)देखि असोज १२ गते (शनिबार)सम्म परेको अविरल वर्षाले निम्त्याएको विपद्‌का कारण ठूलो जनधनको क्षति भयो । लगातारको वर्षाले धेरै ठाउँको रेकर्ड नै तोडेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, यस अवधिमा मनसुन न्यून चापीय प्रणालीको कारण देशका धेरै स्थानमा भारीदेखि धेरै भारी तथा केही स्थानमा अति भारी वर्षा भएको छ । असोज १२ गते बिहान ८:४५ बजे मापन गरिएको वर्षाको तथ्यांक अनुसार, १४ जिल्लाको २५ वटा केन्द्रले २४ घण्टा अवधिको वर्षाको पुरानो रेकर्ड तोडिएको विभागले जनाएको छ ।

 

Barsha-1727609795.jpg