गाडीहरू बिच बाटोमै

बिहीबारदेखिको अविरल वर्षाका कारण त्रिभुवन राजपथ र पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण मालवाहक गाडीहरू बिच बाटोमै अड्किएका छन् ।

काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने सवारी साधन बिच बाटोमै अड्किएका हुन् ।  उपत्यकाबाट बाहिरिन लागेका मालवाहक र सार्वजनिक सवारी थानकोट नाकातिरै रोकिएका छन् भने बाहिरबाट काठमाडौँ उपत्यका भित्रिने सवारी साधन सुरुङ मार्गतिरै रोकिएका छन् ।