विपद्मा पनि रवि, रास्वपा र सहकारीमै अड्कियो : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार, गठबन्धन र गठबन्धनमा आवद्ध राजनीतिक दल र कार्यकर्ताहरु रवि, रास्वपा र सहकारीमा मात्रै केन्द्रित भएको निस्कर्ष निकालेको छ ।

आईतवार पार्टी कार्यालयमा बसेको केन्द्रिय समितिको बैठकले सो निस्कर्ष निकालेको हो । बैठकले रवि, रास्वपा र सहकारीमा सरकार र गठबन्धनका दलहरु अड्किँदा विपद्जन्य घटनाहरुमा तयारी नगरेको आरोप रास्वपाको छ । बैठकका निर्णय सुनाउँदै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले प्राकृतिक विपत्ति आउँदा समेत राज्य तयार नहुनु दुःखद् रहेको बताए । उनले सरकारी संयन्त्रले गर्नुपर्ने दायित्वमै सरकार चुकेको बताए । उनले सरकारले संवेदनशीलता नदेखाएको र असक्षमता र अकर्मण्यता देखाएको आरोप लगाए ।

उनले भने, ‘सरकार, गठबन्धन, गठबन्धनमा आवद्ध राजनीतिक दल र कार्यकर्ता सबै यही तीन वटाको सबैको राजनीति भनेको तीन खम्बामा अड्किएको छ । रवि, रास्वपा र सहकारी । अरु त्यो बाहेक कसैले केही सोचिरहेको नै थिएन । त्यसैले गर्दा होला, यस्तो प्राकृतिक विपत्ति आउँदा कोही तयार नै थिएन । आवश्यक परेको बेलामा के गर्नुपर्छ सरकारी संयन्त्रले भन्नेकुरामा चुक्यो । सरकारसँग सम्बन्धित नेपाली काँग्रेसको बैठकमा समेत कमजोरी स्वीकारेर सरकारले भुमिका निर्वाह गर्न नसकेको बताएको छ । संवेदनशीलता देखाउनु भएन, असक्षमता र अकर्मण्यता हामीले देख्यौँ । असंवेदनशीलता पनि देख्यौँ । मान्छे मरिसकेपछि मोबाइल टोनमा एउटा सन्देश बजाउँदैमा राज्य संयन्त्रको भुमिका पर्याप्त हुँदैन ।’

उनले विपद्को तयारीमा सरकार असफल भएको बताए ।

  •