दुई दिनको पानीले दुई तिहाइको सरकारको औकात देखियो : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिनको वर्षाले दुईतिहाइको सरकारको औकात देखाएको टिप्पणी गरेको छ । केन्द्रीय समितिको बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले विपद्को पूर्वतयारी नपुगेको बताए ।

“दुई दिनको पानीले दुई तिहाइको सरकारको औकात देखियो,” उनले भने । 

 झाले देशको राजनीति रास्वपा, रवि लामिछाने र सहकारीको तीन खम्बामा अडिएकाले पूर्वतयारी नपुगेको आरोप लगाए । मोबाइलमा सन्देश पठाउँदैमा सरकारको भूमिका पूरा नहुने भनाइ उनको छ ।

तत्कालीन गृहमन्त्री लामिछानेले विपद्‌बारे पूर्ववतरूपमा दिइएको निर्देशन कार्यान्वयन नभएको उनले बताए ।

बिहीबार रातिबाट आएको वर्षाले देशमा ठूलो जनधनको क्षति भएको छ ।