सहकारी प्रकरण : दिल्लीबाट पक्राउ परेका मेयर देवकुमारलाई नेपाल ल्याइयाे

भारतको दिल्लीबाट गत असोज ११ गते पक्राउ परेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेपाल ल्याइएको छ। 

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका मेयर नेपाली बचतकर्ताको रकम अपलचन गरेर लामो समयदेखि फरार थिए।

उनलाई शुक्रबार भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको थियो। इन्टरपोलमार्फत थप प्रक्रिया पूरा गरेर नेपाल ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।