पृथ्वीकाे ‘दोस्रो चन्द्रमा’, आजबाट परिक्रमा सुरु गर्ने

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यो साता अर्थात सेप्टेम्बर २९ मा पृथ्वीले आफ्नो ‘दोस्रो चन्द्रमा’ देख्ने अनुमान गरेको छ। यो ‘दोस्रो चन्द्रमा’ एउटा क्षुद्रग्रह हो, जसलाई २०२४ पिटि५ नाम दिइएको छ। यो क्षुद्रग्रह आगामी केही महिनासम्म हाम्रो पृथ्वीको नजिकै घुमिरहने भएकाले यसलाई दोस्रो चन्द्रमा भनिएको हो।

स्पेस डटकमको एक रिपोर्ट अनुसार, एस्टोरोइड २०२४ पिटि५ यस वर्ष नोभेम्बर २५ सम्म पृथ्वीको नजिक देख्न सकिनेछ। यो क्षुद्रग्रह अर्जुन क्षुद्रग्रह बेल्ट को एक हिस्सा हो। यो अन्तरिक्ष चट्टानहरूबाट बनेको बेल्ट हो, जुन पृथ्वीको कक्ष जत्तिकै आकारको कक्षमा सूर्यबाट करिब १५ करोड किलोमिटरको दूरीमा रहेको छ।

अर्जुन एस्टेरोइड बेल्टमा रहेका केही वस्तुहरू पृथ्वीको धेरै नजिक आउन सक्ने वैज्ञानिकहरूको विश्वास छ। अब आउँदै गरेको क्षुद्रग्रह पृथ्वीको वरिपरि पूर्णतया परिक्रमा गर्ने छैन, तर नोभेम्बरसम्म हाम्रो ग्रहको नजिक रहनेछ।

२०२४ पिटि५ (2024 PT5) नामले सुझाव दिएअनुसार यो क्षुद्रग्रह यो वर्ष पत्ता लागेको थियो। वैज्ञानिकहरुका अनुसार यो पहिलो पटक पृथ्वीको कक्षमा आएको हो। यो सेप्टेम्बर २९ अर्थात आइतबारदेखि हाम्रो ग्रह वरिपरि घुम्न सुरु हुनेछ। यो पृथ्वीसँग दुई महिना रहनेछ र नोभेम्बर २५ मा हाम्रो ग्रहबाट टाढा सर्नेछ।

२०२४ पिटि५ पहिलो पटक अगस्त ७ मा अवलोकन गरिएको थियो। यसको आकार ३७ फिट सम्म छ। रिपोर्टका अनुसार सन् २०१३ मा पनि एउटा क्षुद्रग्रह पृथ्वीको नजिक आएको थियो । यद्यपि उसलाई अन्तरिक्षमा ब्लास्ट गरिएको थियो। २०२४ पिटि५ को सन्दर्भमा, यो अनुमान गरिएको छ कि यो पृथ्वीसँग ठोक्किने कुनै सम्भावना छैन। यसले हाम्रो ग्रहबाट करिब ४२ लाख किलोमिटर टाढाबाटै परिक्रमा गर्नेछ।

खगोलविदहरुकाअनुसार, क्षुद्रग्रह २०२४ पिटि५ लाई नाङ्गो आँखाले देख्न सकिने छैन। यो हेर्न टेलिस्कोप चाहिन्छ। पृथ्वीको गुरुत्वाकर्षणका कारण यो तानिएको हुनाले वैज्ञानिकहरूले यो क्षुद्रग्रहलाई ‘क्याच फ्लाई’ पनि भनेका छन्।