पनिर : किन खाने, फाइदा के ?

 दूधबाट बनाइने पनिर हामी जो कोहीलाई मन पर्छ । पनिरमा शरीरलाई आवश्यक पर्ने विभिन्न पोषक तत्त्वहरू रहेको हुन्छ । यसमा दूधको सबै गुणहरू विद्यमान हुन्छ।

पनिरमा प्रोटिन, क्याल्सियम, भिटामिन, फस्फोरस लगायतका विभिन्न पोषक तत्त्वहरू रहेको हुन्छ । पनिरलाई हामी विभिन्न तरहले उपयोग गर्न सक्छौँ । आज हामी पनिरको उपयोगिता र फाइँदाबारे जानकारी दिँदै छौँ।

– प्रोटिनको मुख्य स्रोत  शाकाहारी भोजनको लागि पनिर अति उत्तम हो । जसले माछा मासु खाँदैन उसको लागि प्रोटिनको स्रोत भनेको पनिर हो । सय ग्राम पनिरमा १८ ग्राम त प्रोटिन हुन्छ।

– हाम्रो दाँतलाई मजबुत बनाउने क्याल्सियम पनिरमा पाइन्छ । पनिरमा निकै कम मात्रामा लेटेक्स पाइन्छ जसको कारण दाँतको लेटेक्स नोक्सान हुँदैन । पनीरले दाँत मजबुत बनाउनुका साथै स्वस्थ पनि राख्छ ।

– पनिरमा पाइने पोषक तत्त्वले हड्डी बलियो बनाउँछ । विशेष गरी गर्भवती महिला तथा बच्चा र बुढापाकाले पनिरको सेवन गर्नाले अति फाइदा मिल्छ । यसका साथै शरीरको गाँडागुठी दुख्ने रोगबाट पनि आराम दिन्छ ।

– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ पनिरको सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ । त्यसका साथै ब्लड प्रेसर नियन्त्रणमा राख्छ । डायबिटिज हुन दिँदैन । शरीरको अङ्ग बलियो बनाउन मद्दत गर्छ ।

– पनिरमा फाइबरको मात्रा पनि हुन्छ, जसको कारण पाचन प्रणालीमा देखा पर्ने समस्यालाई हटाउँछ । पनिरले राम्ररी खाना पचाउँछ ।