इजरायली हवाई आक्रमणमा लेबनानका २३ जनाको मृत्यु, ६५ जना घाइते

 दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा शनिबार इजरायली हवाई आक्रमणमा २३ जनाको मृत्यु भएको छ । घटनामा ६५ जना घाइते भएको लेबनानी सैन्य स्रोतले जनाएको छ । 

सैन्य स्रोतहरूले इजरायली युद्धक विमान र ड्रोनहरूले दिउँसो करिब ९० वटा आक्रमण गरेका थिए । दक्षिणी लेबनानका ६५ वटा गाउँ र सहरहरूलाई निसाना बनाएका थिए ।

आक्रमणकारीले धेरै क्लिनिक र नागरिक सुरक्षा केन्द्रहरूमा पनि आक्रमण गरेका थिए ।