त्रिशूली नदीको बिचमा टिपर र एक्साभेटर

टिपर र एक्साभेटर त्रिशूली नदीको बिच भागमा फसेका छन् । 

सुपर त्रिशूली आयोजनाका ३ वटा टिपर र ३ वटा एक्साभेटर त्रिशूली नदीको बिच भागमा फसे प्रहरीले जनाएको छ । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारमा त्रिशूली नदीलाई दुई भंगालो बनाएर भएको टापुमा टिपर र एक्साभेटर फसेको प्रहरीको भनाइ छ । 

दुई दिनदेखिको वर्षाका कारण त्रिशूली नदीमा पानीको सतह तीव्र गतिमा बढिरहेकोले सवारीसाधन निकाल्न कठिनाइ भएको प्रहरीले जनाएको छ ।