फिल्म ‘जेरी अन टप’ माग्ने बुढा अनुबन्धित

सुयोग गुरुङको निर्देशनमा बन्ने फिल्म ‘जेरी अन टप’ केदार घिमिरे (माग्ने बुढा) अनुबन्धित भएका छन्। शुक्रबार निर्माण टिम र घिमिरेबीच सम्झौता भएको हो।

केदार फिल्मको मुख्य भूमिकाका लागि देखिने निर्माता सरोज न्यौपानेले जानकारी दिए। यसअघि फिल्मको मुख्य भूमिकाका लागि अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, सुरक्षा पन्त अनुबन्धित भइसकेका छन्। 

निर्माता न्यौपानेले नेपाली फिल्ममा हालसम्म पर्दामा नदेखिएको कथावस्तुमा आफ्नो फिल्म निर्माण हुन लागेको भन्दै पछिल्लोक्रममा नेपाली दर्शकले रुचाउँदै आएको परिवेशमा फिल्म निर्माण हुने बताए। 

‘जेरी अन टप’ को कथा हेमराज बिसीको हो। फिल्मको स्कृप्टमा चर्चित कथावाचक साइग्रेस पोखरेल पनि जोडिएका छन्। यो फिल्मलाई काठमाडौँ, लुक्ला र बलिउडको ब्लकबस्टर फिल्म ‘थ्री इडियट्स’ छायांकन स्थल लद्धाक लगायतका स्थानमा खिचिँदैछ।