काँग्रेस शिक्षा विभागमा १० सदस्य थपिए

नेपाली काँग्रेसको शिक्षा विभागमा सदस्य थपिएका छन् । पार्टीको केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहनुभएको विभागमा सभापति शेरबहादुर देउवाले आज १० जनालाई मनोनीत गर्नुभएको हो । 

उहाँले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम १० जनालाई सदस्यमा मनोनयन गर्नुभएको पार्टीका कार्यवाहक मुख्यसचिव डा.प्रदिप पराजुलीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

मनोनयन हुनेमा सिन्धुलीका प्रा.डा. कमलदीप ढकाल, खोटाङका राजकुमार आचार्य, महोत्तरीकी पूजा पासवास, धादिङका हरिसिंह केसी, काठमाडौंका त्रिविक्रम पाण्डे र राजन श्रेष्ठ, गोरखाका किरण श्रेष्ठ, दाङका लालमणि भण्डारी, दैलेखका खेमराज केसी र कैलालीका तारामान रावल रहेका छन् ।