दोस्रो टेस्ट क्रिकेट : भारतीय समर्थकले कुटे एक बंगलादेशी समर्थकलाई

आयोजक राष्ट्र भारत र बंगलादेशबिचको दोस्रो टेस्ट क्रिकेट शुक्रबार कानपुरमा सुरु भएको छ । वर्षाका कारण पहिलो दिन ३५ ओभरको खेलमात्र सम्भव भयो । पहिलो दिनको खेल सकिँदासम्म टस हारी पहिले ब्याटिङ गरेको बंगलादेशले तीन विकेट गुमाएर एक सय सात रन बनाएको छ ।

पहिलो दिनको खेलका क्रममा भारतीय समर्थकले एक बंगलादेशी समर्थकलाई कुटपिट गरेका छन् । भारतीय सञ्चारमाध्यले जनाए अनुसार, भारतीय समर्थकको कुटपिटबाट तीन बंगलादेशका ती समर्थक गम्भीर घाइते भएका छन् ।

हाल उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ । सामाजिक सञ्जालमा पनि ती बंगलादेशी समर्थकको तस्बिर भाइरल भइरहेको छ । तर, कुटाई खाने बंगलादेशी समर्थकको नाम भने समाचारमा खुलाइएको छैन ।