विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन

प्रतिवादीहरु तपेन्द्र बहादुर शाह र महेश बुढ्थापा उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ)  को कसूरमा बिगो रु.2,11,316।26(दुई लाख एघार हजार तिन सय सोह्र रुपैयाँ छब्बीस पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी उल्लेखित बिगो समेत सोही ऐनको दफा 8 को उपदफा (1) बमोजिम असुल उपर हुन साथै ऐ. ऐेनको दफा 19 को उपदफा (2) बमोजिमको कसूर समेतमा ऐ. ऐनको दफा 19 को उपदफा (2) बमोजिम कैद र जरिवाना गरिएको हुन , 

प्रतिवादीहरु बाँच बहादुर सेजुवाल, माया के.सी. भाम र बिजकन्या भाम उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (4) बमोजिमको कसूरमा बिगो रु.2,11,316।26 (दुई लाख एघार हजार तिन सय सोह्र रुपैयाँ छब्बीस पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (4) बमोजिमको सजाय हुन एवं बिगो जफत हुन, मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको थियाे।

विशेष अदालतको मिति २०८०/११/०६ को फैसलाबाट निम्न आधारमा सफाई दिएको:-

 कार्यसम्पन्न भएपछि स्थलगत नापजाँच गर्नुभन्दा अघि पहिरोले क्रसिङमा रहेको केही पाइप बगाई लगेको, केही पाइप चोरी भएकोले मोटर पनि चोरी हुने डरले उपभोक्ता समितिका सचिवको घरमा सुरक्षित राखिएको हुँदा लागत इस्टिमेट बमोजिमसबै काम भएकोतर्फ अभियोजनकर्ताले नजरअन्दाज गरेको देखिएको ।

 प्रतिवादीहरुको बयान जिकिर अदालतबाट बुझिएका साक्षीहरुको बकपत्र समेतबाट खम्बीर भएको देखिएको ।

विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०६।११ मा पुनरावेदन गरिएको छः-

देहाय:

 साविक कृषि ज्ञान केन्द्र, जुम्लाले तयार गरेको कार्य सम्पन्न प्रतिवेदन अनुसार कुल लागत ईस्टिमेट रु.19,50,204।50 मध्ये शत प्रतिशत काम भएको भनी कुल खर्च 19,50,204।50 भएको देखाई सो मध्ये जनसहभागिताको रु.4,50,204।50 र कन्टिजेन्सी बापतको खर्च रु.75,000।- कट्टी गरी बाँकी रकम रु.14,25,000।- मध्ये रु. 13,58,500।- मिति २०७6/०३/२6 गते गोश्वारा भौचरबाट गैराज्युला कृषि सिंचाई निर्माण उपभोक्ता समितिलाई भुक्तानी भएको मिसिल संलग्न भुक्तानी विवरण बाट देखिएको र मौकामा बुझिएकाले अदालतमा गरेको बकपत्रमा आ.व. ०७५/०७६ को कामको रु.१३,५८,५००/- भुक्तानी दिएको हो, भुक्तानी गर्नु अघि आफू र कार्यालय प्रमुख समेत अनुगमनमा नगएको भनी बकपत्र व्यहोरामा उल्लेख गरे समेतबाट प्रतिवादीहरुले काम गरेभन्दा बढी रकम भुक्तानी लिए दिएको तथ्य पुष्टि भएको।

 आ.व. 2075/076 मा कृषि ज्ञान केन्द्र जुम्ला, शाखा कार्यालय, मुगुबाट गैराज्युला सिँचाई आयोजनाको बिनियोजित रकम रु.15 लाख भएकोमा उक्त सिँचाईको मुहानदेखि सम्बन्धित स्थानसम्म पानीको थोपासम्म नखलालेको, RVT ट्यांकीमा भुक्तानी गरिएको परिमाण अनुसार काम नभएको र लिफ्ट सिचाईको लागि खरिद भई भुक्तानी समेत भएको सवमर्सिवल मोटर हालसम्म पनि योजनास्थलमा नपुगेको भन्ने समेत व्यहोराको सब- ईन्जिनियरको प्रतिवेदन, खोला क्रसिङ, 3 वटा कलेक्सन च्याम्बर, पाईपलाईन विछ्याईएको र सिँचाई योजना उद्देश्य अनुरुप सञ्चालन भएको देखिएन भन्ने समेत व्यहोराको शाखा अधिकृतको स्थलगत प्रतिवेदन रही सो प्रतिवेदनलाई निजले समर्थित र सनाखत गर्दै बकपत्र गरेको अवस्थाबाट प्रतिवादीहरुले आरोप दाबी बमोजिमको कसूर गरेको तथ्य पुष्टि भएको।

 आयोजनामा एकवटा इन्टेक, एक वटा खोला क्रसिङ्गको कार्य र तीनवटा RVT निर्माण कार्य भएको,गैराज्युला सिँचाई आयोजनाको मुहानदेखि कलेक्सन च्याम्बरसम्म 90 mm Dia 4kgf/cm 2 को 577 मिटर HDPE पाईप लाईनको मात्र काम भएकोमा भुक्तानी बिलमा 900 मिटर उल्लेख गरी भुक्तानी भएको र रिजभ्वायर ट्यांकीदेखि खेतियोग्य जमिनसम्म 290 मिटर लम्बाईमा लिफ्ट मोटरबाट पानी लिफ्ट गरी समुदायको माथिल्लो भागको खेतीयोग्य जमिनमा सिँचाई गर्ने भनिए तापनि लिफ्ट सिचाईको लागि खरिद भई भुक्तानीसमेत भएको सवमर्सिवल मोटर हालसम्म पनि योजनास्थलमा नपुगेको भन्नेसमेत व्यहोराको सब- ईन्जिनियरको प्रतिवेदन रही निजले सो प्रतिवेदन व्यहोरालाई समर्थित र सनाखत गर्दै बकपत्र गरी पुष्टि गरिदिएको।