बागमती र विष्णुमतीसहित उपत्यकाका अधिकंश नदीले पार गरे सतर्कता तह

काठमाडौं उपत्यका भएर नदीहरूमा आएको बाढीले खतराको तह पार गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती नदीको खोकना, गौरीघाट, बल्खुमा खतरा तह पार गरेको हो।

त्यस्तै बलम्बु र विष्णुमती नदीमा आएको बाढीले गोंगबु बसपार्कमा खतरा तह पार गरेको छ। पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

वर्षा निरन्तर भइरहने सम्भावना रहेकाले रातिसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ।