अष्ट्रेलियाका इयान गिलानले दिए नेपालको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक बन्न निवेदन

अष्ट्रेलियाका इयान एन्ड्रयु गिलानले नेपालको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक बन्न निवेदन दिएका छन् ।   

राष्ट्रिय पुरुष सिनियर टिमको मुख्य प्रशिक्षकमा खुल्ला दर्तास्त आह्वान गर्दै एन्फाले गत सेप्टेम्बर १६ मा सूचना जारी गरेको थियो ।  

स्कटल्याण्डमा जन्मिएका अष्ट्रेलियन प्रशिक्षक गिलान यूईएफएका प्रो लाईसेन्स कोच हुन् । गिलानको अष्ट्रेलिया, स्कटल्याण्डसहित एसियाली फुटबलमा मुख्य प्रशिक्षक र टेक्निकल डाइरेक्टरका रुपमा काम गरेको अनुभव छ ।  

गिलानलाई गत वर्ष फ्रेन्चाईज क्लब ललितपुर सिटी एफसीले नेपाल सुपर लिगमा मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको थियो । गिलानकै नेतृत्वमा ललितपुर सिटी एफसीले दोस्रो सिजनको नेपाल सुपर लिग एनएसएलको उपाधि उचालेको थियो ।