चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक : सूचना पाएको पाँच मिटनेभित्र प्रहरी घटनास्थल पुग्ने

काठमाडौं प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठ पर्वमा हुनसक्ने अपराधका घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको हो । 

काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले शुक्रबार पत्रकार सम्मेलन गर्दै सुरक्षा योजना सार्वजनिक गरेका हुन् ।

प्रहरीले चाडपर्वमा लुटपाट, चोरी, डकैती, तस्करी, जुवातास तथा अवैध मदिरा बिक्री तथा वितरण महँगो भाडा असुलीजस्ता अपराध हुनसक्ने जनाएको छ । त्यसरी हुने अपराधको घटना नियन्त्रण गर्न प्रहरीले सूचना पाएको ५ देखि १० मिनेटभित्र रेस्पोन्स गर्ने जनाएको छ ।

त्यसका लागि काठमाडौं र सम्भावित ठाउँलाई मध्यनजर गरेर ३ हजार ७६५ प्रहरी परिचालन गरिएको छ ।