कारमै देहव्यापार ६ जना जना पुरुषको साथमा एक्ली महिला

होटलमा तथा फ्ल्याट भाडामा लिएर देहव्यापार हुने गरेका समाचार त पटक पटक आइरहेकै छन । अव भने होटल र फ्ल्याट मात्रै होइन, कारमै देहव्यापार भएको घटना समेत बाहिर आएको छ ।

भारतको उत्तर प्रदेश राज्यको अम्बेडकरनगर जिल्लामा प्रहरीले कारभित्र महिला र पुरुषबीच अनैतिक हर्कत भइरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेपछि यो तथ्य उजागर भएको हो । पक्राउ पर्नेमा ६ पुरुष र एक महिला छन । उनीहरू एउटै कारमा थिए ।

उनीहरूलाई अश्लील गतिविधिमा संलग्न रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ । बसखारी थाना क्षेत्र अन्तर्गत गस्तीमा रहेको प्रहरी टोलीले राजमार्गमा रोकिएको एउटा कारमा उनीहरूलाई आपत्तिजनक अवस्थामा फेला पारेको हो ।

उनीहरूको साथबाट १० वटा कण्डम, एक हजार ७ सय १० रुपैयाँ नगद, ७ मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ । सातै जना कारभित्र अनैतिक हर्कतमा लिन रहेको फेला परेकोले गिरफ्तार गरिएको प्रहरीले बताएको छ ।

यस्तै अर्को एक घटनामा प्रहरीले दुई पुरुष र एक महिलालाई पक्राउ गरेको छ । बेवाना थाना क्षेत्र अन्तर्गत चेकिङका क्रममा एक कारमा दुई पुरुष र एक महिला आपत्तिजनक अवस्थामा फेला परेको बताइएको छ । उनीहरूको साथबाट प्रहरीले तीन प्याकेट कण्डम, ४ मोबाइल फोन र दुई हजार ६ सय रुपैयाँ नगद बरामद गरेको छ ।