रास्वपाले केन्द्रीय समितिको बैठक बोलायाे, यस्ता छन् एजेण्डा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक आइतबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो । बैठकमा छलफलका लागि ६ एजेण्डा तय गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

छलफलका एजेण्डामा समसामयिक राजनीतिक गतिविधि, चिन भ्रमण र पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन, महाधिवेशन केन्द्रीत गतिविधि र विविध राखिएको छ ।