आजदेखि दुई फरक कथाका नेपाली फिल्म ‘सानो संसार’ र ‘आँखा प्रदर्शन

काठमाडौँ, ११ असोजः आज बिहानदेखि दुई फरक कथाका नेपाली फिल्म प्रदर्शन भइरहेका छन्। ‘सानो संसार’ र ‘आँखा’। ‘सानो संसार’ पारिवारिक कथावस्तुमा बनेको छ। ‘आँखा’ मा सुकुम्बासी बस्तीमा रहेका भुइँ मान्छेको कथा।

‘सानो संसार’ मा केदार घिमिरे ‘माग्नेबुढा’की पत्नी सीतादेवी तिमल्सेना मुख्य भूमिकामा छन्। फिल्ममा अन्य कलाकार राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर शिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ। यी सबै कलाकारले नेपाली रजतपटमा डेब्यु गरेका हुन्।

सिद्धार्थ पुडासैनीले निर्देशन गरेको फिल्मको कथा सरिष्मा खत्री र निर्देशक स्वंयको लेखन छ। फिल्म प्रवीण खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादनमा बनेको छ। फिल्म राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ। अर्जुन कुमार निर्माता रहेको फिल्मका कार्यकारी निर्माता माधव वाग्ले हुन्।

त्यस्तै, जोन योन्जनको लेखन तथा निर्देशनमा बनेको फिल्म हो ‘आँखा’। फिल्ममा स्मिता लामिछाने र आरके मेहता मुख्य भूमिकामा छन्। अन्य कलाकार निशा अधिकारी, सरोज खनाल, पशुपति राई, प्रवीण खतिवडा, विजय बराल, बुद्धि तामाङ, कृष्णभक्त महर्जन, राजन खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राईको अभिनय छ।

अलोक शुक्लाको छायांकन रहेको चलचित्रको निर्माता निर्देशक योन्जनले नै लगानी गरेको फिल्म आलोक शुक्लाको छायांकन, कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन, दीपक आरजे र जयन जे वाइवाको संगीतमा बनेको छ। फिल्म ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा निर्माण भएको हो।