रियल मड्रिडका फरवार्ड एमबाप्पे चाेटका कारण तीन हप्ता मैदान बाहिर हुने

रियल मड्रिडका स्टार फरवार्ड केलियन एमबाप्पे गत मङ्गलबार डिपोर्टिभो अलाभेसविरुद्धको खेलमा घाइते भए ।

खेलको ८० औँ मिनेटमा तिघ्रामा चोट लागेपछि उनी मैदानबाट बाहिरिएका थिए ।

एमबाप्पे तिघ्राको चोटका कारण तीन हप्ता मैदान बाहिर हुने भएका छन् । गत मङ्गलबार तिघ्रामा चोट बोकेर मैदानबाट बाहिरिएका उनी कम्तीमा तीन हप्ता मैदान बाहिर रहनुपर्ने भएको हो ।

उनको स्वास्थ्य अवस्थाबारे रियल म्याड्रिडकाले भनेको छ ‘परीक्षणपछि बायाँ खुट्टामा बाइसेप्स फेमोरिसमा चोट लागेको देखिएको छ ।’ ला लिगाअन्तर्गत आइतबार एट्लेटीको म्याड्रिडमा एमबाप्पे देखिने छैनन् । एमबाप्पेले चोटग्रस्त हुनुअघि सात खेलमा ६ गोल गरेका थिए ।