रास्वपाले आज पत्रकार सम्मेलन आयोजना गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन आयोजना गर्दैछ । दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा नेता तथा सांसदहरुको चिनियाँ भ्रमण तथा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराइने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

सीपीसीको औपचारिक निमन्त्रणामा १० दिने भ्रमणका लागि चीन गएको टोली भ्रमण छोट्याएर बिहीबार नै नेपाल फर्किएको छ । उनीहरू आगामी असोज १४ गते नेपाल फर्कने कार्यतालिका थियो ।

सहकारी ठगी प्रकरणमा जोडिएका सभापति रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परेपछि उत्पन्न राजनीतिक तरंगकाबीच उनीहरू बिहीबार फर्केका हुन् ।