माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोक्किँदा १६ जना घाइते (नामावली)

काठमाडौँ, ११ असोजः चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने ठाउँमा माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोक्किएका छन्।

गएराति मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख १७५२ नम्बरको माईक्रो र बिपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर आपसमा ठोक्किदा माइक्रोमा सवार १६ जना घाइते भएका हुन्। 

ट्याङकर चालक मकवानपुर राक्सिराङ गाउँपाकिलाका(१ बस्ने २९ वर्षीय पेमा लामालाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ। 

दुर्घटनामा घाइते भएकाहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए।

घाइते हुनेमा नवपलपुर कावासोती नगरपालिकापा-१४ बस्ने वर्ष ६८ की कमला श्रेष्ठ, (अवस्था मध्यम), नवलपुर गैंडाकोट-५ बस्ने वर्ष  ३५ की रेजिना पराजुली (मध्यम), सोही स्थानकी वर्ष  २३ की अरुणिमा पौडेल(मध्यम), माइक्रो चालक नवलपुर कावासोती-१३ बस्ने वर्ष ३८ को चिन्ता बहादुर महत्तो ( मध्यम) रहेका छन्। 

यस्तै, नवलपुर कावासोती ७ बस्ने वर्ष  ३२ को सन्तोष महत्तो (मध्यम), नवलपुर कावासोती १ बस्ने बर्ष २१ को निर्जन लुङगेली (मध्यम), नवलपुर कावासोती २ बस्ने बर्ष ३४ की निरमाया आले  (सामान्य),  नवलपुर कावासोती २ बस्ने बर्ष ६ को ईहान आले (मध्यम), नवलपुर कावासोती ७ बस्ने बर्ष ३८ को रामचन्द्र भुषाल (मध्यम), नवलपुर कावासोती ९ बस्ने बर्ष ३० को कृष्ण प्रसाद भुषाल (सामान्य),  नवलपुर कावासोती १५ बस्ने बर्ष २३ को सुनिल गरौ (मध्यम) र  बाग्लुङ जयमिनि गाउँपालिका ९ बस्ने बर्ष ३७ को फनिन्द्र थापा (मध्यम) रहेका छन्। उनीहरुको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ।


बाँकी ४ जनाको चितवनकै पुरानो मेडिकल कलेजमा उपचार भैरहेको डिएसपी रिजालले जानकारी दिए। उनका अनुसार उक्त अस्पतालमा उपचारत रहनेमा नवलपुर कावासोती नगरपालिका- १३ बस्ने बर्ष २४ की सृष्टी भुसाल (मध्यम), कावासोती १३ कै ५२ बर्षको रामजी भुसाल (मध्यम), सोही स्थानका बर्ष २० की सोनिका भुसाल (मध्यम) र कावासोती-२ बस्ने बर्ष ४० को साहिल श्रेष्ठ (टाउको र दुबै खुट्टामा चोट मध्यम) रहेको डिएसपी रिजालले जानकारी दिए। 

प्रहरीका अनुसार ट्याङकर चालक मकवानपुर राक्सिराङ गाउँपाकिलाका-१ बस्ने २९ वर्षीय पेमा लामालाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ।