कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको घटेको छ भने युरो सहितका कतिपय मुद्रा सस्तिएका छन्। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १४ पैसा छ।

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा कायम भएको छ।

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ। आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। 

त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ७२ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६९ पैसा कायम भएको छ।  आज बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ २६ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ८६ पैसा कायम भएको छ। 

 

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची