तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) फेरिए

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) फेरिएका छन् । गृह मन्त्रालयले बिहीबार(आज) रुकुम पश्चिम, म्याग्दी र कालिकोट जिल्ला प्रशासन कार्यालयका प्रजिअहरुको फेरबदल गरेको हो ।

मन्त्रालयका उपसचिव कुल बहादुर जि.सी. रुकुम पश्चिम, सहायक प्रमुख जिल्ला अधिकारी कास्कीका गुरुदत्त ढकाल म्याग्दी र गृहकै उपसचिव नारायण प्रसाद भट्टराई कालिकोटको प्रजिअमा पठाइएको छ ।

यससँगै रुकुम(पश्चिम)का हरिप्रसाद पन्त र म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको यसअघि नै सरुवा भएसँगै रिक्त रहेको थियो भने जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीलाई सिराहाको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।