यहाँ दुर्गा पूजामा कुनै खतरा छैन : आईजीपी

बंगलादेश प्रहरीले आफ्नो देशमा अर्को महिना हुने दुर्गा पूजामा कुनै सुरक्षा खतरा नरहेको जनाएको छ।

बिहीबार पत्रकारहरूसँग कुरा गर्दै बंगलादेशका प्रहरी महानिरीक्षक (आईजीपी) मोइनुल इस्लामले आगामी दुर्गा पूजाका अवसरमा कुनै सुरक्षा खतरा नरहेको बताएका हुन्। आईजीपीले हिन्दु धर्म मान्नेले पूर्ण सुरक्षामा आफ्ना धार्मिक कार्यक्रम गर्न पाउने र प्रहरीले सुरक्षाको पूर्ण व्यवस्था गर्ने बताए।

आईजीपीले बंगलादेशमा सधैँ शान्तिपूर्ण रूपमा दुर्गा पूजाको पर्व मनाउने गरिएको र यसपटक पनि त्यस्तै हुने बताए।उनले कुनै किसिमको आक्रमणको खतरा नरहेको तर प्रहरी पूर्ण रूपमा सजग रहने बताए।

आईजीपी भन्छन्- हामी सुरक्षामा सम्झौता गर्न चाहँदैनौँ।