कोशी ब्यारेजबाट बस सप्तकोशी नदीमा खस्याे

सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेकाे बसबाट २० जनालाई उद्दार गरेर उपचारका लागि पठाइएकाे जानकारी दिए ।

विराटनगरबाट उदयपुरको गाइघाटतर्फ जाँदै गरेको को २ ख ४६०१ नम्बरको बस कोशी ब्यारेज पुलकाे ३५ नम्बर ढोकाबाट नदीमा खसेको थियाे ।

तीब्र गतिमा रहेकाे बस साझ  ६ बजे चिप्लिएर नदीमा खसेकाे थियाे । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । नदीमा खसेकाे बस निकाल्ने प्रयास भइरहेकाे एसपी रेग्मीले बताए ।