सशस्त्रमा ३० वर्षे सेवा अवधि हटाउन सर्वोच्चमा परेको रिट निवेदन खारेज

सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधि हटाउन सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको छ। 

दुई डीआईजीसहित १२ जना अधिकारीले दिएको रिट बिहीबार सर्वोच्च अदालतले खारेज गरिदिएको हो। 

३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकास हुन लागेका डीआईजी अभिकुमार खत्रीसहित १२ जनाले आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्दै आफूहरुलाई सेवामा निरन्तरता दिन माग गरेका थिए। सो रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले रिट खारेज गरिदिएको हो।

रिट दायर गर्नेमा डीआईजी दुर्गा प्रसाद भट्टराई, एसएसपी विश्वकुमार भट्टराई, एसपीहरु पूर्णबहादुर साउद, त्रिभुवन बिष्ट, अम्मरबहादुर ऐर, धनबहादुर सिंह, उद्धवबहादुर रावल, अशोक कुमार शाक्य, प्रेमबहादुर रावल, गोपाल प्रसाद श्रेष्ठ र दीपेन्द्र गिरी रहेका छन्।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सशस्त्र प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखानालाई विपक्षी बनाइएको थियोयसअघि सर्वोच्च अदालतले नेपाल प्रहरीमा भने ३० वर्षे सेवा अवधि लागु नगर्न र अवकास हुन लागेका प्रहरीहरुलाई जागिरमा निरन्तरता दिन अन्तरिम आदेश दिएको थियो।

न्यायाधीश हरिप्रसाद फुयालको इजलासले अन्तरिम आदेश दिएसँगै नेपाल प्रहरीका ८९ अधिकारीहरूको जागिर तत्काललाई जोगिएको थियो। 

सर्वोच्च अदालतन्यायाधीश बैठक :  वरिष्ठ अधिवक्ताको उपाधिको टुंगो लाग्याे(सूचीसहित)

सर्वोच्च अदालतन्यायाधीश बैठक : वरिष्ठ अधिवक्ताको उपाधिको टुंगो लाग्याे(सूचीसह…

न्यायालयको नाङ्गो नाच बन्द गर्न प्रधानन्यायाधीशलाई राजीनामा गराऊ !

न्यायालयको नाङ्गो नाच बन्द गर्न प्रधानन्यायाधीशलाई राजीनामा गराऊ !

प्रधानन्यायाधीश आफ्नै जिद्दीले बनाउँदै छन् अप्रिय बिदाइ

प्रधानन्यायाधीश आफ्नै जिद्दीले बनाउँदै छन् अप्रिय बिदाइ

‘बार–बेञ्च समन्वय समितिको सहमति कार्यान्वयन भएन’

‘बार–बेञ्च समन्वय समितिको सहमति कार्यान्वयन भएन’

अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा अहिलेसम्म भएको सुनुवाइ शून्यमा, अर्को इजलासमा सुरूबाटै सुनुवाइ गर्नुपर्ने

अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा अहिलेसम्म भएको सुनुवाइ शून्यमा, अर्को इजलास…

म नहुँदा न्यायपालिकामा न्यायाधीशको नियुक्ति नै हुँदैन भन्ने सोच अतिवादी सोच हो

म नहुँदा न्यायपालिकामा न्यायाधीशको नियुक्ति नै हुँदैन भन्ने सोच अतिवादी सोच …

दुर्गा प्रसाईंको सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट राउतको इजलासमा

दुर्गा प्रसाईंको सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट राउतको इजलासमा

पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेको बारे सर्वोच्चले माग्याे जवाफ

पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेको बारे सर्वोच्चले माग्याे जव…