फिल्म छक्का पन्जा ५ जापानका ४५ वटा शहरहरुमा प्रदर्शन हुने

बहुप्रतिक्षित नेपाली चलचित्र छक्का पन्जा ५ जापानमा देखाइने भएको छ। जापानका ४५ वटा शहरहरुमा प्रदर्शन हुने यो पहिलो नेपालि चलचित्र हो।

चलचित्र प्रदर्शनको आयोजना गरेको कम्पनि भिजोनिया का सञ्चालक सुवास लामिछानेका अनुसार अक्टोबर १३ मा उक्त चलचित्र टोकियो स्थित मेगुरो पर्सिमन (MEGURO PERSIMMON HALL) हलमा प्रदर्शन गरिदैछ भने अन्य ४४ शहरमा फरक फरक मितिमा देखाईनेछ।

छक्का पन्जा सिरिजको यो अध्यायमा भने प्रेम सम्बन्ध, र सो सँग सम्बन्धित विभिन्न घटनाक्रमहरुलाई व्यांग्यात्मक रुपमा चित्रण गरिएको छ। यसको गित तलाई सपिङ गरिदिएको पैसा फिर्ता ले अहिले सामाजिक संजालमा निकै नै भाईरल भैरहेको छ।  

खासगरी मनोरञ्जनात्मक रुपले निर्माण गरिएको यो चलचित्रमा सामाजिक सन्देशहरुको पनि कमि छैन। जापानका अन्य शहरहरुमा पनि विभिन्न मितिमा प्रर्दशन हुने छ। दर्शकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईन टिकट प्रणालीको व्यवस्था गरिएको छ जसमा इच्छुक दर्शकहरुले (https://dcticketing.com/) बाट टिकट लिन सक्नेछन्।