२६ जना उपसचिवहरुको जिम्मेवारीमा हेरफेर(सूचीसहित)

लेखातर्फका २६ जना उपसचिव सरुवा भएका छन् । महालेखा नियन्त्रक कार्यालयले २६ जना उपसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

विभिन्न मन्त्रालय, विभाग, आयोग तथा कार्यालयहरुमा नयाँ उपसचिवहरु खटिएका छन् । लेखातर्फको उपसचिवसहित उपमहालेखा नियन्त्रक र प्रमुख कोष नियन्त्रकहरुको सरुवा भएको छ ।

लेखा समूहका कर्मचारीको सरुवा व्यवस्थापन महालेखाले नै गर्ने गरेको छ । निजामती सेवा नियमावलीअनुसार कर्मचारीहरुलाई सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ मसान्तभित्रमा सरुवा गरिसक्नुपर्छ । मन्त्रालय वा मन्त्रालयस्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज १ गतेदेखि असोज १५ गतेभित्रमा सरुवा गर्नुपर्ने नियम छ ।

त्यसकै आधारमा क्षेत्रीय (प्रदेश) स्तरका निकायहरुले प्रत्येक वर्षको असोज १६ गतेदेखि असोज मसान्तभित्र सरुवाको निर्णय गर्नुपर्ने हुन्छ । तालिकाबाहेकको समयमा सरुवा गर्नु परेमा सामान्य प्रशासन मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ ।

देशभरका ८१ वटा कोष तथा लेखा नियन्त्रक कार्यालयसहित निवृत्तिभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयहरुबाट कर्मचारीहरु सरुवा गर्ने गरिन्छ ।

अहिले संघीय मन्त्रालय र कार्यालयमा लेखामा कार्यरतहरु पनि सरुवाको प्रतिक्षामा छन् । लेखा अन्तरगत हाल करिब ४ हजार कर्मचारी कार्यरत छन् ।

महालेखाले लेखा तथा कोष अधिकृतसहित लेखापालहरुको नियमित सरुवा गरेको छैन । बितेको आर्थिक वर्षको हिसाब भिडानको काम समयमै नसकिंदा वर्षैसाल लेखाका कर्मचारीको सरुवामा ढिलाइ हुने गरेको छ । तर, यसपटक महालेखा नियन्त्रक कार्यालयले केही उपसचिवको सरुवा भने छिट्टै गरेको छ ।

 

 

विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन

विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा प…

तिरुपति बालाजी मन्दीर प्रसाद प्रकरण :  मथुरा, अयोध्या लगायतका मन्दीरमा बाहिरी प्रसादमाथि रोक

तिरुपति बालाजी मन्दीर प्रसाद प्रकरण : मथुरा, अयोध्या लगायतका मन्दीरमा बाहिरी…

शुक्रबार र शनिबार ५६ जिल्लामा रात्रिबस चलाउन नपाइने  (सुचिसहित)

शुक्रबार र शनिबार ५६ जिल्लामा रात्रिबस चलाउन नपाइने (सुचिसहित)

आणविक हतियार प्रयोगको विषयमा रुसी राष्ट्रपति पुटिनकाे नयाँ नियम प्रस्ताव

आणविक हतियार प्रयोगको विषयमा रुसी राष्ट्रपति पुटिनकाे नयाँ नियम प्रस्ताव

बेलायतले लगानी सम्मेलनमा मस्कलाई नबोलाउनुकाे कारण के हाे ?

बेलायतले लगानी सम्मेलनमा मस्कलाई नबोलाउनुकाे कारण के हाे ?

प्रधानमन्त्री ओली र बङ्गलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री ओली र बङ्गलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता

छात्रलाई युवतीको नितम्बमा वीर्य छर्केको आरोपमा अदालतले दोषी करार, सीमित जरिवाना

छात्रलाई युवतीको नितम्बमा वीर्य छर्केको आरोपमा अदालतले दोषी करार, सीमित जरिव…

निर्वाचन आयोगले झारखण्ड विधानसभा चुनावको तयारीको समीक्षा गऱ्यो

निर्वाचन आयोगले झारखण्ड विधानसभा चुनावको तयारीको समीक्षा गऱ्यो