‘बार–बेञ्च समन्वय समितिको सहमति कार्यान्वयन भएन’

काठमाडौँ, ९ असोज : नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको बार बेञ्च समन्वय समितिको बैठकमा भएको सहमतिअनुसार न्यायपरिषद् नियमावलीमा भएको संशोधनका विषयमा समाधान निकाल्नुपर्नेमा बेवास्ता भएको जनाएको छ ।
     
बारले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त समन्वय समितिको बैठकमा भएको सहमतिअनुसार न्यायपरिषद् नियमावलीमा भएको संशोधनका सम्बन्धमा समाधान निकाल्नुपर्नेमा बेवास्ता गरेको उल्लेख गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

विज्ञप्तिमा कार्यदलको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्नेमा उल्टै असंवैधानिक तवरबाट न्यायपरिषद्बाट थप निर्णय गर्नका लागि बिदामा बसेका प्रधानन्यायाधीश र संसदीय सुनुवाइका लागि सार्वजनिक सूचना जारी भएका व्यक्तिबाट नेपालको न्यायपालिकालाई गम्भीर असर पार्ने निर्णय हुन लागेको उल्लेख छ ।
     
बारले उपत्यका बाहिरका बार एकाइले बार परिसर र उपत्यकास्थित बार एकाइमा आबद्ध सम्पूर्ण कानुन व्यवसायीलाई नेपाल बार एशोसिएसनको प्राङ्गणमा बिहीबार उपस्थित हुन भनेको छ ।
     
बारले न्यायपरिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) प्रति आफ्नो असहमति जनाउँदै अविलम्ब खारेज गर्न सम्बन्धित निकायलाई पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ ।यसैबीच सर्वाेच्च अदालत बार एशोसिएसनका अध्यक्ष हरिशङ्कर निरौलालो न्यायपरिषद् र नेपाल बार एशोसिएसन दुवै पक्षलाई मान्य हुने मेलमिलापकर्ताको नियुक्ति गरेर समस्याको समाधान अविलम्ब गर्नुपर्ने र समस्यालाई लम्ब्याउँदा कसैको पनि हित नहुने बताउनुभयो ।

सर्वोच्च अदालतन्यायाधीश बैठक :  वरिष्ठ अधिवक्ताको उपाधिको टुंगो लाग्याे(सूचीसहित)

सर्वोच्च अदालतन्यायाधीश बैठक : वरिष्ठ अधिवक्ताको उपाधिको टुंगो लाग्याे(सूचीसह…

सशस्त्रमा ३० वर्षे सेवा अवधि हटाउन सर्वोच्चमा परेको रिट निवेदन खारेज

सशस्त्रमा ३० वर्षे सेवा अवधि हटाउन सर्वोच्चमा परेको रिट निवेदन खारेज

न्यायालयको नाङ्गो नाच बन्द गर्न प्रधानन्यायाधीशलाई राजीनामा गराऊ !

न्यायालयको नाङ्गो नाच बन्द गर्न प्रधानन्यायाधीशलाई राजीनामा गराऊ !

प्रधानन्यायाधीश आफ्नै जिद्दीले बनाउँदै छन् अप्रिय बिदाइ

प्रधानन्यायाधीश आफ्नै जिद्दीले बनाउँदै छन् अप्रिय बिदाइ

अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा अहिलेसम्म भएको सुनुवाइ शून्यमा, अर्को इजलासमा सुरूबाटै सुनुवाइ गर्नुपर्ने

अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा अहिलेसम्म भएको सुनुवाइ शून्यमा, अर्को इजलास…

म नहुँदा न्यायपालिकामा न्यायाधीशको नियुक्ति नै हुँदैन भन्ने सोच अतिवादी सोच हो

म नहुँदा न्यायपालिकामा न्यायाधीशको नियुक्ति नै हुँदैन भन्ने सोच अतिवादी सोच …

दुर्गा प्रसाईंको सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट राउतको इजलासमा

दुर्गा प्रसाईंको सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट राउतको इजलासमा

पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेको बारे सर्वोच्चले माग्याे जवाफ

पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेको बारे सर्वोच्चले माग्याे जव…