विदेशी मुद्रा विनिमय दर : यूरो, पाउन्ड, अस्ट्रेलियन डलर र कुबेती दिनार महँगिए
काठमाडौँ, १ असोजः नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलरसहित केही विदेशी मुद्राको विनियमदर हिजो अस्तीकै यथावत छ। तर, यूरो, पाउन्ड, अस्ट्रेलियन डलर र कुबेती दिनार भने महँगिएका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा छ। विगत चार दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।
त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा कायम भएको छ।
आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा कायम भएको छ।
आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा कायम भएको छ।त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ २९ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ २६ पैसा कायम भएको छ।आज बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ३५ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ९४ पैसा कायम भएको छ।
हेर्नुहोस् सबै विदेशी मुद्राको सूची
प्रतिक्रिया