नेपाल–माल्टा सम्बन्धको ४१औँ वार्षिकोत्सवा मनाइयो

काठमाडौँ, ३१ भदौ : नेपाल–गणतन्त्र माल्टाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४१औँ वार्षिकोत्सव तथा माल्टाको ६० औँ स्वतन्त्रता दिवस एक समारोहको आयोजना गरी मनाइएको छ ।

आज यहाँ आयोजित समारोहमा गणतन्त्र माल्टाका गैरआवासीय राजदूत रुबेन गौसीले स्वागत गर्दै नेपाल–माल्टाबीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुँदै गएको उल्लेख गर्नुभयो । साथै उहाँले पछिल्लो समय माल्टामा नेपालीहरूको सङ्ख्या बढ्दै गएको र नेपाली नागरिकको कामको प्रशंसा समेत गर्नुभयो ।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सङ्घीय सांसद, गणतन्त्र माल्टाका गैरआवासीय राजदूत गौसी, माल्टाका अवैतानिक वाणिज्यदूत दिनेश श्रेष्ठ, विभिन्न मुलुकका अवैतानिक वाणिज्यदूत, उद्योगी, व्यावसायीलगायतको उपस्थिति थियो । सो अवसरमा नेपाल–माल्टा सम्बन्धको वृतचित्र प्रदर्शन गरिनुका साथै नेवारी संस्कृतिका कुमारी र भैरव नृत्यको देखाइएको गरिएको थियो ।

सन् १९८३ मा दौत्य सम्बन्ध स्थापना भएयता दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ । युरोपको टापु राष्ट्र माल्टामा हाल करिब १० हजार नेपाली विभिन्न क्षेत्रमा काम गरिरहेको तथ्याङ्क छ ।