फोन उठाएन भनेर आलोचना नगर्न रक्षा मन्त्री राईकाे आग्रह
रक्षा मन्त्री मानवीर राईले आफूलाई फोन उठाएन भनेर आलोचना नगर्न आग्रह गरेका छन् ।शनिवार आफ्नै जिल्ला सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आग्रह गरेका हुन ।
कार्य व्यवस्थाले गर्दा फोन उठाउन नभ्याउने अवस्था भएकाले त्यसमा अन्यथा नठान्न मन्त्री राईले जिल्लावासीलाई पटक पटक आग्रह गरे । उनले बिहान बेलुका फुर्सद हुँदा आफूले फोन उठाउने र नभ्याए आफ्नो स्वकीयलाई सम्पर्क गरेर भए पनि आफूलाई जानकारी गराउन पनि उनले अनुरोध गरे ।
मन्त्री राईले कहिले काहीँ त राति अबेर सम्म मन्त्रीपरिषद् बैठक नै बस्नुपर्ने भएकाले आफूले सबै फोन उठाउने सम्भावना नरहेको पनि जानकारी दिए ।मन्त्री राईले किरात संस्कृति नेपालको अनुकरणीय संस्कृति भएकाले त्यसको संरक्षणमा लाग्नुपर्नेमा पनि जोड दिए ।
प्रतिक्रिया