पारालिम्पिक्समा अष्ट्रेलियाकी पौडी खेलाडी एलेक्सा लेरीकाे नाममा एकैदिन दुई नयाँ विश्व कीर्तिमान
पेरिस पारालिम्पिक्समा अष्ट्रेलियाकी पौडी खेलाडी एलेक्सा लेरीले नयाँ विश्व कीर्तिमान बनाएकी छन् ।
प्रतियोगिताको सातै दिनमा पहिलो व्यक्तिगत पारालिम्पिक्स स्वर्ण पदक जित्ने क्रममा उनले एकै दिनमा दुई पटक विश्व कीर्तिमान बनाएकी हुन् ।
पेरिसको ला डिफेन्स एरिनामा महिला एस नाइन क्याटगोरी अन्तर्गत महिला १ सय मिटर फ्रिस्टाइलको हिट चरणमा निर्धारित दुरी ५९ दशमलव छ शून्य सेकेन्डमा पूरा गर्दै विश्व कीर्तिमान बनाएकी हुन् । फाइनल प्रतिस्पर्धामा थप सुधारिएको प्रदर्शन गरेकी लेरीले पहिलो व्यक्तिगत पारालिम्पिक्स स्वर्ण जित्न ५९ दशमलव ५३ सेकेन्ड समय खर्च गरिन् ।
फाइनलमा उनले हिट चरणमा बनाएको कीर्तिमान सेमेत तोडिन् । तीन वर्षअघि २३ वर्षीया लेरी घातक मोरसाइकल दुर्घटनामा परेकी थिइन् । दुर्घटनाका कारण उनको मस्तिष्कमा क्षति पुगेको थियो । त्यतिबेला उनलाई चिकित्सकहरुले फेरि कहिल्यै हिँड्न वा बोल्न नसक्ने सम्भावना रहेको बताएका थिए ।
प्रतिक्रिया