लोसपा नेपालको कार्यकारिणी समिति बैठक आज पनि बस्दै

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालको कार्यकारिणी समिति बैठक आज पनि बस्दै छ । आजको बैठकमा नेताहरूले आ–आफ्नो धारणा राख्ने र नेतृत्वले जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै बैठकमा आगामी मङ्सिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी, नेताहरूको जिम्मेवारी हेरफेर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे समीक्षा, महाधिवेशनको मिति र स्थानबारे पनि छलफल हुनेछ ।

हिजोदेखि सुरु भएको बैठकको पहिलो दिन संविधान संशोधनका लागि पार्टीको प्रस्ट दृष्टिकोण बनाउन नेताहरूले माग गरेका थिए ।

नेताहरूले मुलुकमा विद्यमान समस्या सम्बोधनका लागि समयसापेक्ष संविधान संशोधन हुनुपर्ने र त्यसका लागि कानुनविद्को सहभागितामा एउटा कार्यदल गठन गर्न सुझाव दिएका थिए ।