मान्छे चन्द्रमा, मङ्गल ग्रहमा पुग्यो भन्दैमा उसको पहिचान मेटिदैन : .चन्द्रकान्त राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले मानिसको पहिचानको आवश्यकता कहिल्यै नमेटिने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले ग्लोवलाइज हुँदैमा पहिचानको आवश्यकता मेटिने नभई झनै बढ्दै जाने बताए ।

उनले मधेसीहरूलाई नेपाली भन्न हिचकिचाउने तर मधेसीको पनि पहिचान बन्न नदिने कुरा राम्रो नरहेको बताए ।

उनले ग्लोवलाइज भइसके पनि कुनै पनि देशमा यात्रा गर्दा सबैभन्दा पहिला पहिचानकै आवश्यकता पर्ने बताए ।

उनले भने– ‘राष्ट्रियता भनेको के हो ? म नेपाली हो भने मलाई किन मान्छेहरूले नेपाली भन्दैनन् । मधेसी मेरो राष्ट्रियता हो भने किन पहिचान पाएको छैन, यो कुरा सबैमा उठेको छ । राष्ट्रियताको खाँचो के छ त ? धेरै मानिसहरु भन्छन्, मान्छे चन्द्रमामा पुगिसक्यो, मङ्गल ग्रहमा पुगिसक्यो, के मधेसी, मधेसी भनेको । धेरैले भन्छन् । ग्लोबल भिलेज भइसक्यो के मधेसी भनेको होला ? भन्छन् । तर तपाईँ कुनै अर्को देशमा जानुस्, के सोध्छ ? होएर आर यु फ्रम सोध्छ । आइ एम फ्रम मधेस भन्नुस्, चिन्दैन । विश्व ग्लोवलाइज भइसक्दा पनि पहिचानको आवश्यकता त रहेछ ।’

अध्यक्ष राउतले मान्छे चन्द्रमा, मङ्गल ग्रहमा पुग्यो भन्दैमा उसको पहिचान नमेटिने बताए ।