निफ्राको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त

काठमाडौँ, ३१ साउन :  नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् ।

कम्पनीको गत साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका सिइओ रहेका रामकृष्ण खतिवडाले  राजिनामा दिएपछि रिक्त रहेको उक्त पदमा अधिकारीलाई नियुक्ति गरिएको हो  । उनी यसअघि नेपाल बैंकको पनि प्रमुख कार्यकारी अधिकृत भइसेका छन् ।