मुकुलको रविलाई प्रश्न- तपाईँमाथि स्वतन्त्र छानबिन किन नगर्ने ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सभापतिमाथि नै प्रश्न गरेका छन् । बुधबार साधारण सदस्यबाट पनि हटाउन स्पष्टीकरण मागिएपछि उनले सभापति रवि लामिछानेमाथि उल्टै प्रश्न गरेका हुन् ।
बिहीबार स्पष्टीकरणको जवाफ फर्काउँदै उनले सहकारी ठगी मुद्दामा रविमाथि पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने ? भन्दै प्रश्न गरेका छन् । ‘मैले आजसम्म तपाईँलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन्,’ उनले भनेका छन्, ‘तपाईँले ममाथि स्पष्टीकरण सोध्नुअघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ । नैतिक रूपले पतित हुन् भएको छैन भने तपसिलका प्रश्नहरूको जवाफ दिन अनुरोध गर्दछु ।’
हेरौँ जवाफको पूर्ण पाठ :-
कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बुधबार पत्र पठाएर डा. ढकालसँग स्पष्टीकरण मागेका थिए । पत्रमा उनलाई २४ घन्टाभित्र स्पष्टीकरण दिन भनिएको थियने ।
डा.ढकाललाई पठाएको स्पष्टीकरण सम्बन्धी पत्रमा भनिएको छ, ‘पार्टी विरुद्ध नियोजित रूपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने ? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नुपर्ने हो ? आफ्नो आधार प्रमाण तथा भनाइ सहित २४ घन्टाभित्र पार्टीमा स्पष्टीकरण पेश गर्नुहुन सूचित गरिन्छ ।’
यसअघि डा. ढकाललाई महामन्त्री, प्रवक्ता एवं केन्द्रीय सदस्यबाट हटाइएको थियो । त्यसमा चित्त नबुझेमा पुनरावेदन गर्ने समय दिइएकामा त्यसो नगरी सञ्चारमाध्यम लगायत विभिन्न माध्यमबाट पार्टी हित विपरीत कार्य गरेको ढकालमाथि आरोप लगाइएको छ ।
प्रतिक्रिया