रास्वपाले मुकुललाई साेध्याे स्पष्टीकरण

रास्वपाले पार्टीका पूर्वमहामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ। 

ढकालले निरन्तर पार्टीविरुद्ध गतिविधि गरेकाले स्पष्टीकरण सोधिएको पाार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। 

हाल पार्टीको साधारण सदस्य मात्रै रहेका ढकालले सञ्चारमाध्यमसति विभिन्न माध्यमबाट नेताहरुको छवि, इज्जत र प्रतिष्ठा धमिल्याउने, झुठा आरोप लगाउने, पार्टी सदस्य तथा शुभचिन्तकहरुलाई भड्काउने काम गरिरहेको दाबी रास्वपाले गरेको छ। 

ढकालले पार्टीलाई समाप्त पार्न षड्यन्त्रपूर्ण ढंगले अन्य दलका नेताहरुसँग भेटेको पनि रास्वपाको दाबी छ।दुई दिनअघि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एक पटक नागरिकता त्यागेकाको नियुक्ति रोक्न र प्रदेश खारेज गर्न सुझाव दिएका थिए। 

‘तपाईँलाई पार्टीको साधारण सदस्यबाट निस्कासन किन नगर्ने? तपाईँको साधारण सदस्यता किन खारेज नगर्ने?’ ढकाललाई सोधिएको स्ष्टीकरणमा भनिएको छ, ‘आफ्नो आधार प्रमाण तथा भनाईसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेश गर्न सूचित गरिन्छ।’