पतञ्जलि लिमिटेडका संस्थापक रामदेव र आचार्य बालकृष्णविरुद्धको अदालतको अवहेलना मुद्दा खारेज

भारतको सर्वोच्च अदालतले पतञ्जलि लिमिटेडका संस्थापक बाबा रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णविरुद्धको अदालतको अवहेलना मुद्दा खारेज गर्दै भविष्यमा अदालतको आदेश उल्लंघन नगर्न चेतावनी दिएको छ।

पतञ्जलि आयुर्वेद लिमिटेडका दुवै संस्थापकलाई ‘औषधि तथा जादुई उपचार ऐन’को उल्लङ्घन गरी आफ्नो कम्पनीका उत्पादनको भ्रामक विज्ञापन गरेको आरोप लागेको थियो।अदालतले भविष्यमा भ्रामक विज्ञापन नदिने लिखित प्रतिबद्धता बुझाउन भनेको थियो।यस मामिलामा सर्वोच्च अदालतले रामदेव र बालकृष्णको माफी स्वीकार गरेको हो। त्यसपछि उनीविरुद्धको अदालतको अवहेलनाको मुद्दा रोकिएको हो। 

सर्वोच्च अदालतका न्यायाधीश हिमा कोहली र न्यायाधीश एहसानुद्दिन अमानुल्लाहको इजलासले यस्तो फैसला गरेको हो।आदेशमा भनिएको छ- हामी उनीहरूलाई आगामी दिनमा  पहिले गरेजस्तो अदालतको आदेशको उल्लङ्घन गर्ने कुनै पनि काम नहोस् भनेर कडा चेतावनी दिन्छौँ।

पतञ्जलि आयुर्वेदले उत्पादन गर्ने औषधि बाट गम्भीर रोग निको हुने दाबी गरेको आरोप थियो। साथै उसले आफ्नो विज्ञापनमा आधुनिक औषधि र उपचार प्रणालीको पनि आलोचना गरिएको थियो। 

आईएमए (इन्डियन मेडिकल एसोसिएसन) ले आधुनिक चिकित्सालाई बदनाम गरेको मामिलामा याचिका दायर गरेको थियो। त्यसपछि अवहेलना मुद्दा अघि बढेको थियो। यसपछि रामदेव र आचार्य बालकृष्णले पतञ्जलि आयुर्वेदको भ्रामक विज्ञापनका लागि बिनासर्त लिखित माफी मागेका थिए। 

उपसभापति अर्याल भन्छन्-रास्वपाबाट तर्सिएर लखेट्न थालियो

उपसभापति अर्याल भन्छन्-रास्वपाबाट तर्सिएर लखेट्न थालियो

देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्छ : रास्वपा  उपसभापति अर्याल

देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्छ : रास्वपा उप…

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वदेश फर्किए, नयाँ नेतृत्वपछि नेताहरूलाई जिम्मेवारी तोक्ने तयारी

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वदेश फर्किए, नयाँ नेतृत्वपछि नेताहरूला…

सत्ता गुमेको आक्रोशमा प्रचण्डले बंगलादेश बनाउँछु भनेर तर्साउँदै हिँडे : एमाले बास्कोटा

सत्ता गुमेको आक्रोशमा प्रचण्डले बंगलादेश बनाउँछु भनेर तर्साउँदै हिँडे : एमाले…

प्रधानमन्त्री ओलीले फेरि  दोहोर्याउँदै भने-म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्नँ

प्रधानमन्त्री ओलीले फेरि दोहोर्याउँदै भने-म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न …

जनयुद्ध महान नै थियो भने किन छोडेर आएको : प्रधानमन्त्री ओली

जनयुद्ध महान नै थियो भने किन छोडेर आएको : प्रधानमन्त्री ओली

लोसपाले संविधान संशोधनबारे अन्य दलसँग छलफल गर्न बनायाे कार्यदल

लोसपाले संविधान संशोधनबारे अन्य दलसँग छलफल गर्न बनायाे कार्यदल

संक्रमणकालीन न्यायसम्बन्धि काम छिटो सम्पन्न गर्न सरकारसँग नेसपाको आग्रह

संक्रमणकालीन न्यायसम्बन्धि काम छिटो सम्पन्न गर्न सरकारसँग नेसपाको आग्रह