कोशी र वागमतीमा अति भारी वर्षाको सम्भावना
काठमाडौं- मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहँदा आज कोशी र वागमतीका कतिपय स्थानमा अति भारी वर्षाको सम्भावना देखिएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
विभागका अनुसार आज दिउँसो कोशी, वागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी, कर्णाली र लुम्बिनीका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, वागमती र गण्डकीका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, कोशी र वागमतीका १-२ स्थानमा अति भारी वर्षा हुने सम्भावना छ।
प्रतिक्रिया