वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी विभाजन भएको एक महिना नपुग्दै फेरि विभाजन हुने संकेत

 मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी विभाजन भएको एक महिना नपुग्दै फेरि विभाजन हुन लागेको छ ।

साउन २६ देखि २९ गतेसम्म जारी महाधिवेशन आयोजक समिति बैठकमा संयोजक मोहन वैद्य किरणको कार्यशैलीप्रति असहमति जनाउँदै सचिवालय सदस्य हरिकृष्ण गजुरेलको नेतृत्वमा पार्टी विभाजनको घोषणा हुन लागेको हो ।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले साउन १२ गते जारी भएको परिपत्र विपरीत संयोजक किरणले केन्द्रीय समिति र सचिवालय विस्तार गर्न लागेको आरोप लगाएका छन् ।

‘जारी बैठक उक्त निर्णयको आवरणमा मूलतः केन्द्रीय समिति र सचिवालय थप गर्ने अघोषित उद्देश्यमा केन्द्रित हुन पुगेको छ । यो अन्तर पार्टी जनवाद र विधानको गम्भीर उल्लंघन हो । यसप्रकारको स्थिति विकल्प राजनीतिक प्रस्तावको निषेध मात्र होइन, अपितु एकता महाधिवेशन र समग्र नेपाली क्रान्तिको बलिदान र आगामी विजय माथिको गम्भीर षड्यन्त्र हो । यसले अन्ततः क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको विघटन एवं दक्षिणपन्थी नवसंशोधनवाद, नवप्रतिक्रियावाद, बुर्जुवा संसदवाद र साम्राज्यवाद विस्तारवादको सेवा गर्नेछ’, विज्ञप्तिमा उल्लेख छ ।  

पार्टीको मूल नेतृत्वले एकता संघर्ष र रूपान्तरणको भौतिकवादी द्वन्द्ववादको विधिविरुद्ध विचार, संगठन र समग्र क्षेत्रमा एकता संघर्ष र निषेधको नीति लागू भएकाले क्रान्तिकारी विद्रोह सुनिश्चित गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि साउन १ गते पार्टीका सहसंयोजक धर्मेन्द्र बास्तोला समूह पार्टीबाट अलग भएको थियो ।

को–को छन् विद्रोहको तयारीमा ?

१.संकूल – सचिवालय सदस्य 

२. भाष्कर –सचिवालय सदस्य 

३. वसन्त –सचिवालय सदस्य 

४.अर्जुन –आयोजक समिति सदस्य

५. वर्षा – आयोजक समिति सदस्य

६. विशाल –आयोजक समिति सदस्य

७. रोशी – आयोजक समिति सदस्य

८. सुनिता –आयोजक समिति सदस्य 

Baidhya maoist

उपसभापति अर्याल भन्छन्-रास्वपाबाट तर्सिएर लखेट्न थालियो

उपसभापति अर्याल भन्छन्-रास्वपाबाट तर्सिएर लखेट्न थालियो

देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्छ : रास्वपा  उपसभापति अर्याल

देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्छ : रास्वपा उप…

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वदेश फर्किए, नयाँ नेतृत्वपछि नेताहरूलाई जिम्मेवारी तोक्ने तयारी

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वदेश फर्किए, नयाँ नेतृत्वपछि नेताहरूला…

सत्ता गुमेको आक्रोशमा प्रचण्डले बंगलादेश बनाउँछु भनेर तर्साउँदै हिँडे : एमाले बास्कोटा

सत्ता गुमेको आक्रोशमा प्रचण्डले बंगलादेश बनाउँछु भनेर तर्साउँदै हिँडे : एमाले…

प्रधानमन्त्री ओलीले फेरि  दोहोर्याउँदै भने-म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्नँ

प्रधानमन्त्री ओलीले फेरि दोहोर्याउँदै भने-म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न …

जनयुद्ध महान नै थियो भने किन छोडेर आएको : प्रधानमन्त्री ओली

जनयुद्ध महान नै थियो भने किन छोडेर आएको : प्रधानमन्त्री ओली

लोसपाले संविधान संशोधनबारे अन्य दलसँग छलफल गर्न बनायाे कार्यदल

लोसपाले संविधान संशोधनबारे अन्य दलसँग छलफल गर्न बनायाे कार्यदल

संक्रमणकालीन न्यायसम्बन्धि काम छिटो सम्पन्न गर्न सरकारसँग नेसपाको आग्रह

संक्रमणकालीन न्यायसम्बन्धि काम छिटो सम्पन्न गर्न सरकारसँग नेसपाको आग्रह