सिलिकन भ्यालीको चिप निर्माता कम्पनी इन्टेलविरुद्ध सेयरधनीहरुले हाले मुद्द

सिलिकन भ्यालीको चिप निर्माता कम्पनी इन्टेलविरुद्ध सेयरधनीहरुले मुद्द दायर गरेका छन् । 

सेयरधनीहरुले इन्टेल कम्पनीले यसरी कमजोर नतिजा आउने खालका  आफ्ना समस्याहरु बदमाशी तरिकाले लुकाएको, दिँदै आएको रोजगारी तथा बोनस कटौती गरेको र अन्त्यमा आफ्नो मार्केट भ्यालु एकै दिनमा ३२ अर्ब डलरले डुबाएको आरोप लगाउँदै बुधबार मुद्दा दायर गरेका थिए।

अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सान फ्रान्सिस्को संघीय अदालतमा हालिएको उक्त प्रस्तावित क्लास एक्शन मुद्दामा इन्टेल, कम्पनीका सीईओ प्याट्रिक गेलेसिङ्गर तथा चिफ फाइनान्सियल अफिसर डेभिड जिन्स्नरलाई प्रतिवादी बनाइएको छ।यसबाहेक उनीहरुले गत अगस्टमा कम्पनीले आफ्नो चिप निर्माण गर्ने तथाकथित फाउण्ड्री व्यवसाय अन्य कम्पनीलाई करारमा दिइएको भन्ने खालका भ्रामक जानकारी दिँदै गुमराहमा राखेको र यसबाट अर्बौं डलर थप खर्च भएको साथै आम्दानी पनि घटेको आरोप लगाएका छन्।

उनीहरुका अनुसार क्यालिफोर्नियाको सान्टा क्लारामा रहेको कम्पनीको निर्माण क्षमता र व्यवसायबारेको मिथ्या र भ्रामक अभिव्यक्ति दिएका कारण गत जनवरी २५ देखि अगस्टसम्म बढेको भए पनि वास्तविकता भने अर्कै रहेको छ।

यसमा इन्टेलले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन। इन्टेलले आम्दानी १ प्रतिशतले घटेर १२ अर्ब ८३ करोड डलर भएका कारण दोस्रो त्रैमासमा १ अर्बृ ६३ करोड डलर घाटा भएको विवरण पनि सार्वजनिक गरेको छ।