बंगलादेशको आन्दोलन नसकिंदै हाम्रो सर्वाेच्चमा भागबण्डाको तयारी

काठमाण्डौं,  २३ साउन : बंगलादेशमा कोटाप्रणालीविरुद्धको आन्दोलनले सत्तापलट हुंदैगर्दा नेपालमा पनि भागबण्डाको विरुद्धमा जनमत तयार भइरहेको छ । 

भागबण्डाको सन्धर्भमा हाम्रै सर्वाेच्च अदालतमा हुन गइरहेको नियुक्तिलाई पनि गम्भीरताका साथ हेर्न थालिएको छ । आन्दोलन सुरु भयो भने सर्वाेच्च अदालत र मातहत अदालतका नियुक्तिहरुलाई पहिलो टार्गेट बनाएर आन्दोलनकारीहरु सडकमा उत्रिए भने आश्चर्य नमाने हुन्छ । 

सर्वाेच्चका चार पद र उच्च र जिल्लाको न्यायाधीशमा हुने नियुक्तिले अझै भागबण्डालाई गहिरोसंग स्थापित गर्ने यत्नमा सत्ता र राजनीतिक दलहरु लागिपरेका छन् ।

सत्ताको दुरुपयोग गरेर अहिलेसम्म बनाइएका न्यायाधीशहरुको लिष्ट तयार गर्ने र अब पनि भागबण्डाकै आधारमा न्यायाधीश नियुक्ति गर्ने हो भने सर्वसाधारण जनता नेपालमा पनि आन्दोलनमा उत्रिनुपर्ने अवस्थामा पुग्ने दिन धेरै टाढा छैनन । 

सर्वाेच्च अदालतमा सत्ताको दुरुपयोग गरेर को को न्यायाधीश बनाइए भन्ने कुरा महान्यायाधीवक्ताबाट सोझै सर्वाेच्चको न्यायाधीश बनेका, सत्ताको वरिपरिका व्यक्तिहरुलाई न्यायाधीश बनाइएको र पार्टी र तिनका पिछलग्गु कार्यकर्तालाई न्यायाधीश बनाइएको एकएक नाम निकाल्न सकिन्छ भने सुटकेशको आधारमा न्यायाधीश बनाइएकाहरुको लिष्ट निकाल्न पनि असजिलो छैन ।

अब सर्वाेच्च अदालतमा खाली रहेका चार पदमा पनि महान्यायाधीवक्ता, दलका वरिपरिका व्यक्ति र मुद्दामा कम्तिमा पनि सयौं फैसला नभएका व्यक्तिको नियुक्ति गरिएमा जनता बंगलादेशमा झै उत्रिनुपर्ने अवस्था आउंदैन भन्न सकिदैन ।

हालैमात्रै नियुक्तिको लागि ठिक्क पारिएका अधिवक्ता दिनमणि पोखरेल सर्वाेच्च अदालतको न्यायाधीशमा नियुक्त हुनबाट रोकिएका छन् । उनको ठाउंमा वर्तमान महान्यायाधीवक्ता रमेश बडाल, नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे लगातका पद र शक्तिमा भएका व्यक्तिहरुको नियुक्तिको चर्चा चलिरहेको छ ।

इमानमा रहेको, मुद्दा बुझेको र कसैको भनसुनमा नलागेको व्यक्तिको नियुक्ति अहिलेको प्रणालीमा असंभवप्राय देखिइसकेको छ ।आफ्नो अवकाशपूर्व जसरी पनि सर्वाेच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने अडानका साथ प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लागिपरेकाले अहिले पनि भागबण्डामा नियुक्तिको लगभग निश्चित भइसकेको छ । 

सत्ता र शक्तिको दुरुपयोग गरेर न्यायाधीश नियुक्तिमा कोको व्यक्तिहरु नियुक्ति भए र हुन खोजे भन्ने कुराको उदाहरण वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, अधिवक्ता पदम बैदिकहरु गतिला उदाहरणहरु हुन भने भागबण्डाको आधारमा नियुक्ति खानेहरु शुशिला कार्कीदेखि हरिकृष्ण कार्की र सपना प्रधान मल्लदेखि कुमार रेग्मीहरुको नाम सर्वसाधारणलाई कन्ठस्त छ । पछिल्लो पटक भएको भागबण्डाको नियुक्तिमा शुनिल पोखरेलदेखि बालकृष्ण ढकालसम्म पनि सबैलाई नाम कण्ठस्त भइसकेको छ ।

अब २०९२ सालको प्रधानन्याायधीश बनाउनमा पार्टी र सत्ताहरु लागि परेका छन् ।  सर्वाेच्च अदालतको १२ बर्षपछिको प्रधान न्यायाधीश कसलाई बढाउने भन्ने रणनीतिका आधारमा सत्ताले आफ्नो दलका व्यक्तिहरु भर्ति गरिरहेको छ ।  

शुत्रहरुका अनुसार सत्तारुढ ठूला दलहरु नेपाल कम्युनिष्ट पार्टी एमालेबाट २ र कांग्रेसका २ जना वकिलहरु सर्र्वाेेच्चको नियुक्तिमा ठिक्क पारिएका छन् भने उच्च अदालतमा समेत भागबण्डाकै आधारमा नियुक्तको अन्तिम तयारीमा रहेको पनि शुत्रहरुको दावी छ । सकभर साउनको अन्तिम वा भदौको पहिलो सातामा नियुक्तिका लागि न्यायपरिषद्ले तयारी गरिरहेको पनि शुत्रहरुको दावी छ ।

आफ्नो सत्ता लम्ब्याउन सरकारदेखि अदालतसम्म कब्जाको रणनीति अपनाइएको सन्दर्भमा बंगलादेशी युवाको जस्तो आन्दोलनको रांको नेपालमा पनि बल्दैन भनेर सत्ताधारीहरु आनन्दले बसीरहेका छन् भने उनीहरुको लागि त्यो भुल हुनेछ ।