साताकाे तेस्राे दिन नेप्से १४५.०५ अंकको गिरावट, काराेबार रकममा २३ अर्ब ७१ करोडकाे किृर्तिमान
नेप्से परिसूचक १४५.०५ अंकले घटेर बन्द भएको छ।
सेयर कारोबार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २७.२२ अंकले घटेर ४६४.५६ विन्दुमा अडिएको छ।
यसदिन ३२२ स्क्रिप्सको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ रुपैयाँमा खरिदबिक्री भए। उच्च अंकले घटेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
थ्री स्टार हाइड्रोपावरको सेयर १० प्रतिशतले ओरालो लागेको हो।आठवटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स,गोर्खाज फाइनान्स,सेन्ट्रल फाइनान्स,पञ्चकन्या माइ हाइड्रोपावर,एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट,शुभम पावर,हाथवे र ओरेन्टल होटल्सको सेयर १० प्रतिशतले घटेको हो।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १ अर्ब ३९ करोड ७८ लाख ८० हजार ३८३ रुपैयाँको सेयर कारोबार भयो। नेपाल रिइन्स्योरेन्सको ४८ करोड,सीईडीबी हाइड्रोपावरकको ४३ करोड,सानिमा माइ हाइड्रोपावरको ४२ करोड र शिवम् सिमेन्टको ४१ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएका ८ स्टक्सको मूल्य बढ्दा २३३ वटाको घट्यो। बाँकी १ स्टकको मूल्य भने स्थिर रह्यो। यसदिन १३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन्। फाइनान्स समूहको उपसूचक सर्वाधिक ८.२७ प्रतिशतले घट्यो।
नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनसहितको सरकार बनेपछि सेयर बजारमा उछाल आएको थियो। सरकार गठनको पहिलो दिन ५६.८८ अंकले बढेको नेप्से दोस्रो दिन ५९.८७ अंकले बढेको थियो। नयाँ सरकार गठनपछिका दुई दिनमा नेप्से ११७ अंकले बढेर १९८३.९५ विन्दुमा पुगेको थियो। त्यसयता नेप्से परिसूचक लगातार बढेको थियो।
प्रतिक्रिया