बलिउड अभिनेताका महंगो डिर्भोस

बलिउडमा कैयौं जोडी बन्छन्, र छुट्टिन्छन्। त्यो साधारण कुरा हो। तर कुनै जोडी यस्तो पनि हुन्छन्, जो छुट्टिँदा पनि चर्चामा आइरहन्छन्। सम्बन्धबिच्छेद गर्दा पनि माेटाे रकम लिँनाले उनीहरुकाे चर्चा बेलाबखत भइरहन्छ ।

भारतीय एक मिडियाका अनुसार बलिउडमा निकै महंगो डिर्भोस गर्नेमा पहिलो नाम अभिनेता ऋतिक रोशन र सुजैन खान आउँछ । सुजैनले ऋतिकसँग डिर्भोस गर्दा ४०० करोड भारु रकम लिएकी थिइन् ।यस्तै संजय कपुरले करिश्मा कपुरसँग सम्बन्धबिच्छेद गर्दा १४ करोड भारु दिएका थिए । यसका अलावा संजयले बच्चाको पालनपोषणका लागि मासिक १० लाख रुपैयाँ दिएका थिए । अभिनेता सैफ अलि खानले पत्नी अमृता सिंहसँग डिर्भोस गर्दा ५ करोड भारु दिएका थिए ।

भारतीय एक मिडियाका अनुसार अरबाज खानले मलाइका अरोडासँग सम्बन्धबिच्छेद गर्दा १५ करोड भारु दिएका थिए ।